भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

टिंकर नाका सुरक्षाविहीन, हिउँ छल्न छाङरु झरेका प्रहरी हालसम्म फर्केनन्

टिंकर नाका सुरक्षाविहीन,  हिउँ छल्न छाङरु झरेका प्रहरी हालसम्म फर्केनन्

दार्चुला । सीमानाका टिंकर अहिले सुरक्षाकर्मीविहीन बनेको छ । भारी हिमपातका कारण कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छाङरु झरेपछि नाका सुरक्षाकर्मी विहीन भएको हो ।

हिउँका कारण १२ किलोमिटर तल छाङरु झरेका प्रहरी हालसम्म सो क्षेत्रमा नखटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । टिंकरका बासिन्दाहरू पनि हिउँद छल्न असोजमै दार्चुला सदरमुकाम खलंगा झरेपछि फर्किएका छैनन् ।

चैत महिनाबाट हिउँ पग्लिने भएपछि यो क्षेत्र अहिले मानवविहीन भएको छ । गाउँबाट दुई किलोमिटर माथिल्लो क्षेत्र टिंकरमा सशस्त्र प्रहरीको बिओपी भवन निर्माण गरिएको छ । गत भदौ महिनामा निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न सकेको छैन ।

बिओपीको दुइ भवन ब्लकसँगै भान्सा र शौचालय निर्माण गरिएको छ । टिंकर सीमा प्रहरी चौकीनजिकै बनाइएको बिओपीको भवन टिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा छ ।

चार पाँच घण्टा उकालो पैदल यात्रा गरेपछि नेपाल र चीन सीमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिलर पुगिन्छ । तर टिंकरमा निर्माण भएको बिओपीमा सुरक्षाकर्मी राख्न माथिबाट कुनै निर्देशन नभएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए ।

 


Thali Mobile Pvt.Ltd.