भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न, छलफल इकाईसम्म प्रभावकारी ढंगले लैजान निर्देशन

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न, छलफल इकाईसम्म प्रभावकारी ढंगले लैजान निर्देशन

काठमाडौं । नेपाली सेनाको जङ्गी अड्‍डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्‍न भएको छ ।

बैठकमा सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायत प्रधान सेनापति समक्ष गरेको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमहरुको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो। समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले बैठकले समग्र देशको परिस्थितिलाई बुझेर आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए ।

आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बैठक सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी उपलव्धिहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए ।

बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाईसम्म प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानसमेत सहभागीहरुलाई निर्देशन दिए ।

 


Thali Mobile Pvt.Ltd.