भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण image

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

पहिलो स्वर्ण सोमबार नै  काठमाडौंमा भएको कराँते प्रतियोगिता पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गर्दै दिलाएका थिए ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

खेलको समयबारे अफिसियल घोषणा हुन बाँकी छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda