भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण, अनुसन्धान सुरु

सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण, अनुसन्धान सुरु

काठमाण्डौं । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई यौन शोषण गरेको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनाको अहिले प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन समिति गठन गरेको छ । बलात्कार मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ ।

एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । तर उजुरीको हदम्यादसम्बन्धी कानुन थाहा पाएपछि उनी थप चिन्तित भएकी छिन् ।

एक वर्षभित्र रिपोर्ट गरेन भने अदालतले फाइल नै नलिने कानुनका कारण आफूले न्याय पाउनेमा आशा हराउँदै गएको भन्दै उनले ‘यो कस्तो नियम हो नेपालको ?’ भन्लै प्रश्न गरेकी छिन् ।

कानुनमा रहेका लैङ्गिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।त्यस्तै, २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ ।

तर पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एक वर्षे हदम्याद अपर्याप्त रहेको भन्दै हदम्याद बढाउन सरकार र सदनमाथि दबाब बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.