भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन

म्याग्दी । म्याग्दीको लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल उइन टर्वाइन गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट नयाँ पर्यटकीय स्थल म्याग्दीमानिर्माण गरिएको हो । बेनी नगरपालिका २ खबराको लभ्लीहिल मायालु डाँडोमा म्याग्दी उर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ ।

विद्युत सेवा उपलब्ध भएपछि लभ्लीहिल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । करिब ३ महिनादेखिको निरन्तरको प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएको र ७ वटा बल्ब बाल्न सक्ने क्षमता भएपनि अहिले ४ वटा बल्ब मात्र बाल्न सकिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.