भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

हुम्लामा हिउँ परेपछि जनजीवन प्रभावित

हुम्लामा हिउँ परेपछि जनजीवन प्रभावित

काठमाडौं । यो वर्ष हिमाली जिल्लामा ढिला गरी हिमपात भएको छ । विगत वर्षहरुमा मंसिर अन्तिमदेखि हिउँ पर्ने गरेको भएपनि यो वर्ष हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिउँ पर्न सुरू गरेको हो । सदरमुकाम सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लाका नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा अझ बढी हिमपात भएको जनाइएको छ ।

लिमी, मुचु, तिला, जाङलगायत गाउँहरु अहिले हिउँले ढाकिएका छन् । जसका कारण एउटा गाँउबाट अर्को गाउँमा पुग्न समेत कठिनाई भएको छ । हिमपात भएपछि हिउँदे बाली सप्रिने हुँदा स्थानीयहरु खुशी भएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा सुरू भएसँगै हुम्लामा हिउँ परेको हो । जिल्लाको उत्तरी भेगमा भने कात्तिक अन्तिमतिरबाटै हिउँ पर्न थालेको थियो ।

 


Thali Mobile Pvt.Ltd.