भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुम्लामा हिउँ परेपछि जनजीवन प्रभावित

हुम्लामा हिउँ परेपछि जनजीवन प्रभावित

काठमाडौं । यो वर्ष हिमाली जिल्लामा ढिला गरी हिमपात भएको छ । विगत वर्षहरुमा मंसिर अन्तिमदेखि हिउँ पर्ने गरेको भएपनि यो वर्ष हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिउँ पर्न सुरू गरेको हो । सदरमुकाम सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लाका नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा अझ बढी हिमपात भएको जनाइएको छ ।

लिमी, मुचु, तिला, जाङलगायत गाउँहरु अहिले हिउँले ढाकिएका छन् । जसका कारण एउटा गाँउबाट अर्को गाउँमा पुग्न समेत कठिनाई भएको छ । हिमपात भएपछि हिउँदे बाली सप्रिने हुँदा स्थानीयहरु खुशी भएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा सुरू भएसँगै हुम्लामा हिउँ परेको हो । जिल्लाको उत्तरी भेगमा भने कात्तिक अन्तिमतिरबाटै हिउँ पर्न थालेको थियो ।

 


Thali Mobile Pvt.Ltd.