भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्थानीय सरकारको बजेटमा बिचौलिया सस्थाकाे मनपरि

स्थानीय सरकारको बजेटमा बिचौलिया सस्थाकाे मनपरि

गुल्मी । मालिका गाउँपालिका–५ छापहिलेमा हेफर प्रोजेक्ट नेपालमार्फत वितरण गरिएका बाख्रामा विचौलियले राज गरेको पाइएको छ । सहयोगी काम गर्छु भन्ने अन्तर्राष्ट्रिय संस्थाले नै स्थानीय सरकारको पैसामा काम गरिरहेको भेटिएको छ।

स्थानीय सरकारको पैसामा बिचौलियाले काम गरेको पाइएको हो । लुम्बिनीका ३३ वटा स्थानीय सरकारले विपन्नको आर्थिक अवस्था उकास्ने नीतिमा बाख्रा वितरण कार्यक्रम ल्याएको थियो । त्यसका लागि स्थानीय सरकारले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई बिचौलिया बनाउनु गलत भएको स्थानीयले बताए ।

विरोधपछि स्थानीय तहले बाख्रा वितरण गरेको कुरालाई महालेखा परीक्षकले नीतिगत बेरुजुमा पनि राखिदिएको छ। कार्यक्रम लागू भएका स्थानीय तहहरूले ७३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन बाख्रा वितरणमा छुट्याए अनि आफैंले बाख्रा किनेर दिने नभई अर्को गैरसरकारी संस्थालाई दिए ।

बिचौलियालाई  बाख्रा किनेर वितरण गर्ने जिम्मा दिएपछि सस्ताेमा बाख्रा किनेर महंगाे मूल्यमा बाख्रा वितरणजस्ता कार्यले स्थानीय सरकारकाे मनसाय गलत भएकाे एक किसानले बताए । आफैंले किनेर विपन्न र किसानलाई नै बाख्रा सस्तोमा दिन सकिने उनकाे भनाइ छ ।

कार्यक्रमको मूल उद्देश्य एकातिर त्यसभित्रको स्वार्थ अर्कातिर भएको शंका किसानले गरेका छन् । प्रशासकीय अधिकृतले गर्नुपर्ने सम्झौतामा पालिका प्रमुखहरू आफैंले हस्ताक्षर गर्नुले शंका र त्यसभित्र स्वार्थ छताछुल्ल भएकाे स्थानियकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.