स्याङ्जाका सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

स्याङ्जाका सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

स्याङ्जा । गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।

मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा ओझेलमा परेको प्रअ रानाको भनाइ छ । मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरिएको उनको भनाइ छ । विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो ।

मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.