भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाहरू समाजको सेवा गर्ने सामाजिक कार्यकर्ताको रुपमा परिचालन हुनुपर्ने बताएका छन् । “महिला सामुदायिक स्वयम्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता” नाराका साथ भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ सोमबार सम्पन्न कार्यकक्रमा मेयर प्रजापतिले उक्त कुरा बताएका हुन ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका विभिन्न वडामा खटिरहेका उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान समेत गरे । जनताको आँखा दुरबिनसरह’ भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्नु पर्ने बताए ।
भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगहरूसम्बन्धी स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको बताउँदै सामाजिक कार्यकर्ताहरू राजनीतिक कार्यकर्ताको रुपमा रुपान्तरित हुने बताए ।
कार्यक्तममा उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यलाई एक सिक्काको दुई पाटा’को रुपमा अगाडि बढाइरहेको बताइन ।
उनले सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाको काम सम्मानजनक रहेको उल्लेख गर्दै समाज र समुदायलाई सचेत बनाउने काम स्वयम्सेविकाहरूमार्फत नै भइरहेको बताए । वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले नगरमा स्वास्थ्य स्वास्थ्यस्वयम्सेविका परिचालनले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको बताए ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत अतिथि कृष्ण गिरी र स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले पनि स्वास्थ्य स्वयम्सेविकाको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पारे । उक्त कार्यक्रममा भनपा वडा नं. ६ का महिला स्वास्थ्य स्वयमसेविका मन्जु कुम्पाख र ख्वप अस्पतालका कमलकेशरी राजचलले आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले उत्कृष्ट ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई पुरस्कार तथा प्रशंसा–पत्र वितरण गरेका थिए । सम्मानित हुनेमा भक्तपुर नपा वडा नं. १० का रामलक्ष्मी दुवाल पहिलो, भनपा ५ का सजना कवां दोस्रो र भनपा १ का शिवलक्ष्मी दुवाल तेस्रो स्थान प्राप्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...