भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान

हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान

एजेन्सी । यस वर्ष विश्वभरका २५ लाख मुश्लिम धर्माबलम्बीहरु हजमा सहभागी हुने अपेक्षा गरिएको छ । साउदी अरेबियामा अहिलेसम्मकै विशाल हज यात्रा शुरु भएको जनाएको छ । सन् २०२० देखि २ बर्षसम्म कोभिडका कारण प्रतिबन्ध लगाईएको हज यात्रा यो वर्ष खुकुलो पारेपछी लाखौंको सहभागिता रहेको हो । साउदीको पबित्र स्थल मक्कामा भेला भएका हज यात्रीहरुको भीड थामिनसक्नु भएको छ ।

आइतबार देखि शुरु भएको हज यात्रामा गत वर्षको तुलनामा तीर्थयात्रीहरुको संख्या लाखौ बढेको र यसले हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
यद्दपी साउदीको हालको तापक्रम ४५ डिग्री पुगेकाले हजयात्रीहरुलाई गर्मीेले केही असहज हुने निश्चित रहेको छ ।

बिगतका बर्षहरुमा १० हजार हजयात्रीहरुलाई मात्र अनुमति दिईएकोमा यो बर्ष भने हजयात्रामा जान चाहने सबैले भाग लिन पाउने अनुमति दिएपछी भीड बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.