हरियो तरकारी बजारको ओलीले गरे उद्घाटन, प्रचण्ड माधवले एक सिट नजित्ने प्रसाईको दाबी

हरियो तरकारी बजारको ओलीले गरे उद्घाटन, प्रचण्ड माधवले एक सिट नजित्ने प्रसाईको दाबी

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दुई अर्व लगानी गरेको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गरेका हुन् । एमालेका केन्द्रीय सदस्य प्रसाईले हरित कृषि थोक बजार सञ्चालनमा ल्याएका हुन् ।

उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गरेर भव्य स्वागत गरेको थियो । ३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारभित्र साढे सात सय स्टल रहेका छन् ।

प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला बजार खुल्ला रहने प्रसाईले बताए । यसैबीच प्रसाईले प्रचण्ड र माधवले स्थानीय तहको चुनावमा एक सिट पनि नजित्ने दावी गरेका छन् ।

आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक हरियो तरकारी बजारको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । नेपालको कम्युनिष्टको नाममा बेइमानी र कुठाराघात गर्ने काम मात्र यी दुईले गर्दै आएको प्रसाईको दाबी छ ।
भिडियो…

 


Thali Mobile Pvt.Ltd.