बेदकोट । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो । टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् । हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बागफाँटाको बैजनाथ टोलमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाइरहेको छ । निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । “राति पर्नेबित्तिकै हात्ती आइहाल्छन् । घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ”, स्थानीय लक्ष्मी महराले भनिन्, “गहुँका बोट साना छन् । त्यसैले खान नसक्दा हात्ती सिधैँ घर भएतिर आउन खोज्छन् ।”
होहल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेको उनले बताइन् । एक सातादेखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उनको भनाइ छ । “आगो बालेर चिसोमा खेतमै रात काट्छौँ । दश–बीसको सङ्ख्यामा हात्ती आउँछन्”, उनले भनिन्, “निकुञ्जबाट हात्ती सुरुमा यहाँ पस्छन् । त्यसपछि खानेकुरा केही नपाएपछि अन्यत्र जान्छन् ।”
जङ्गली हात्ती घरनजिकै पुग्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय ठगुराम डगौँराले एक सातादेखि सुत्न पाएका छैनन् । हात्ती घरनजिकै आउन थालेपछि त्रसित भएर बस्नुपरेको उनको भनाइ छ । “छिमेकमा हात्तीले सेफ्टीट्याङ्की भत्कायो । कतिबेला घरभित्रै पस्ने खतरा छ । डराइडराइ बस्नुपरेको छ”, उनले भने, “खेतको गहुँ पूरै कुल्चिएको छ ।”
डगौँराले यहाँ दुई बिघा जमिनमा गहुँखेती गर्नुभएको छ । राति विद्युत्को व्यवस्था नहुँदा अँध्यारोमा आगो बालेर हात्ती धपाउनुपरेको स्थानीय खड्कसिंह विष्टले बताए । “साइरन माग गरेको डेढ वर्ष बितिसक्यो । अहिलेसम्म पाएका छैनौँ । उज्यालोको व्यवस्था पनि छैन”, उनले भने, “छवटा चिम मागका थियौँ । बजेट अभाव भएको भन्दै नगरपालिकाले दिएन ।” ‘साइरन’ भए हात्ती धपाउन सहज हुने स्थानीयको विश्वास छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा वन्यजन्तुको पीडाले हायलकायल छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्का उज्यालोका लागि तत्काल बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाए । “निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरको समस्या छ । धेरै ठाउँमा उज्यालोका हामीले बल्ब उपलब्ध गराएका छौँ”, उनले भने, “छुटेका ठाउँमा उज्यालोका लागि तत्कालै बल्ब वितरण गर्छौँ ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत...
कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री...
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश...
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या...