भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु

ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु

रुकुमपश्चिम । ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

बुधबार राति आठबीसकोट नगरपालिका १० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको नगरपालिकाले जनाएको छ।

आठबीसकोट नगरपालिका–१० पिरिकोटबाटवडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्र्याक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.