भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

हिउँमा फसेर दुई जनाकाे ज्यान गयाे, ५५ जनाकाे उद्धार गर्न हेलिकप्टर पाटन उड्यो

हिउँमा फसेर दुई जनाकाे ज्यान गयाे, ५५ जनाकाे उद्धार गर्न हेलिकप्टर पाटन उड्यो

सुर्खेत । जुम्लाको गाग्रा लेकको हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकप्टर पाटन तर्फ उडेको छ । भारी हिमपातका कारण उनीहरू लेकको विभिन्न ठाउँमा फसेका हुन् ।

भोकबाट बचाउन तत्काल उनीहरूलाई खानेकुरा खसाल्ने गरी सानो हेलिकप्टर सुर्खेतबाट उडेको नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले बताए । चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएको हो ।

तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दुरीमा रहेको गाग्रा, एडीओडार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका हुन् । उनीहरू सेतक चिनी कोर्न पाटन गएका थिए ।

तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरूको उद्धार गर्न लागिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताए ।

हिउँको चिसोले कठ्याङ्ग्रिएर तातोपानी ८ की देवी शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको ज्यान गएको प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.