भर्खरै : Sorry, your browser does not support inline SVG.

निर्णायक मोड एमसीसी, देउवालाई साथ दिने प्रचण्डको तयारी

निर्णायक मोड एमसीसी, देउवालाई साथ दिने प्रचण्डको तयारी

काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउने निर्णायक कसरत सुरु भएको छ ।

एमसीसी टेबुल गर्न सत्तारुढ गठबन्धन तयार नभएपछि प्रधानमन्त्री देउवा गठबन्धननै टुटाएर भएपनि संसद् अधिवेशनमा एमसीसी टेबुल गर्ने तयारीमा जुटेपछि प्रचण्डले साथ दिने तयारी थालेका छन् ।

एमसीसीबाट कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार (फ्रेबुअरी ३) मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखेको ५ महिनाभित्र संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धतापत्रको जवाफ पाएसंगै एमसीसी पास गर्ने निर्णायक कसरतमा लागेको स्रोतको दावी छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेप्टेम्बर २९ मा एमसीसीलाई ५ महिनाभित्र एमसीसी पारित गराउने प्रतिबद्धता पत्र पठाएका थिए ।

सोही पत्रका आधारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लचकता देखाउँदै देउवालाई साथ दिन लागेको स्रोतले जानकारी दिएको छ ।

नेपाल सरकारले जनाएको समयसी भित्र एमसीसी पारित नभए नेपाललाई दिएको सहायता निरन्तरता दिने कि नदिने भन्ने भन्नेबारे मार्चमा बैठक बसी छलफल गर्ने व्यहोरा समेत उल्लेख गरेकाले प्रधानमन्त्री अब एमसीसीलाई होल्ड नगरी संसदबाट पारित गर्ने निर्णयमा पुगेका हुन।

 


Thali Mobile Pvt.Ltd.