भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

हिमाली भू–भागमा हिमपात, काठमाडौंमा चिसो बढ्यो

हिमाली भू–भागमा हिमपात, काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । हिमाली भू–भागमा हिमपात भएपछि काठमाडौंमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका विभिन्न स्थानमा हिमपात अझै हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाग्मती र गण्डकी प्रदेशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली बदली रहने बताइएको छ ।

तापक्रम अझैँ घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चिसोका कारण पर्वतारोहण, हवाईसेवा, यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने भएकाले महाशाखाले आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.