भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

‘हिस्स फोहोर, खिस्स सरकार’

‘हिस्स फोहोर, खिस्स सरकार’

काठमाडौं । देशको मुटु राजधानी काठमाडौं हो । तर काठमाडौं मुटुमा नै फोहोरको डंगुर थुपरिएको छ ।पुतलीसडकस्थित स्टार मल अगाडी फोहोरको डङ्गुर हो यो । जहाँ फोहोर सडक किनारबाट सडकको बिच भागसम्म छरिएको देखिन्छ ।

पुतलीसडकसँगै कमलादी, कमल पोखरी, रत्नपार्क, गौशाला, कोटेश्वर, बानेश्व, चक्रपथलगायतका अधिकाँश ठाउँहरुका सडकमा पनि फोहोरको अवस्था उस्तै छ । फोहोरका कारण पैदल हिँड्ने यात्रुहरुलाई मात्रै होइन् सार्वजनिक सवारीमा हिँड्ने यात्रुहरुसमेत समस्यामा परेको गुनासा उठिरहेका छन् ।

वर्षा याममा सडकमा फोहोरको थुप्रोमाथि पानी परे पछि जमेको पानीले गर्दा पैदलयात्रीलाई हिँड्न सास्ती भएको छ । यसरी छरिएको फोहोरका कारण वातावरण त्यसै पनि प्रदुषित र दुर्गन्धित हुन्छ नै सडक आसपासको सौन्दर्य समेत कुरुप बन्दै गएको छ ।

चोकचोक र सडक किनारमा फालिएको फोहोरको कारण पैदलयात्री रोग लाग्ने हो कि भनेर डराउनुपर्ने अवस्था छ । कोभिड–१९ को महामारीले आक्रान्त बनाएको काठमाडौंमा फोहोरको कारण अर्को महामारी सुरु हुने होकि भन्ने देखिएको छ ।

किन उठ्दैन फोहोर ? राजनीति मुल कारण
उपत्यकामा फोहोर नउठ्ने यो मात्रै पहिलो घटना होइन्, यस अघि पनि विभिन्न कारणले उपत्यकाको फोहोर नउठ्ने गरेको थियो । मुख्य कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने ठाउँ नुवाकोटको सिसडोलका स्थानीयले गर्ने आन्दोलन हुने गर्दथ्यो ।

आन्दोलन पछि त्यहाँका स्थानीयसँग सहमति गरेपछि समस्या समाधान हुने गर्दथ्यो । तर अहिलेको समस्या भने स्थानीयको आन्दोलन होइन । महानगरका प्रतिनिधिले बताएअनुसार यो फोहोरमाथिको राजनीति हो । संघीय सरकारको असहयोगले गर्दा फोहोर नउठेको महानगर बताउँछ ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन प्रमुख हरिकुमार श्रेष्ठले संघीय सरकारका कारण उपत्यकको फोहोर उठ्न नसकेको बताए । बनेका ल्याडफिल्ड साईड हस्तान्तरण नगरिदिँदा यस्तो समस्या आएको उनको भनाइ छ ।

अहिले उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको ककनी गाउँपालिकामा रहेको सिसडोलल्याण्ड फिल्डसाइट नजिकै बन्चरे डाँडा भन्ने ठाउँमा सरकारले निर्माण गरिरहेको सेनेटरी ल्याण्ड फिल्ड साईटको निर्माण करिब अन्तिम अवस्थामा छ । उक्त साईटको केहि युनिटमा फोहोर व्यवस्थान गर्न सकिन्छ ।

तर, ल्याण्डफिल्डको केहि युनिट सञ्चालनका लागि संघीय सरकार मातहतमा रहेको सहरी विकास तथा भवन निर्माण विभाग र महानगरबीच उचित समन्वयन हुन सकिरहेको छैन् ।

महानगरपालिकाले संघीय सरकारलाई देखाउने र संघीय सरकारले महानगरलाई देखाउने शैलीले महानगरबासीमा समस्या पैदा भएको छ । नगरबासी भन्छन्, हामीलाई स्वास्थ वातावरण चाहिएको हो, फोरजस्तै फोहोरी राजनीति चाहिएको होइन ।’

 


Thali Mobile Pvt.Ltd.