भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको राजधानी दिल्लीको एक विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । शौचालयमा गएका बेला उनी बलात्कारको शिकार भएकी हुन ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गर्दै कडा कारबाहीको माग गरेकी छन् । ट्वीट गर्दै स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छन् ।

पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो । बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप लागेको छ ।

दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरि अनुसन्धान जारी राखेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.