भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

१३८ फरार अभियुक्त पक्राउ

१३८ फरार अभियुक्त पक्राउ

लहान । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७–७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ ।

विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अदालतबाट फैसला भइ फरार रहेकालाई फैसला कार्यान्वयन गराउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकामा कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । आव २०७७–७८ मा सानो र ठूलो गरी १३ थान हतियार बरामद भएको जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.