भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१३८ फरार अभियुक्त पक्राउ

१३८ फरार अभियुक्त पक्राउ

लहान । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७–७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ ।

विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अदालतबाट फैसला भइ फरार रहेकालाई फैसला कार्यान्वयन गराउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकामा कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । आव २०७७–७८ मा सानो र ठूलो गरी १३ थान हतियार बरामद भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.