१५ जना सांसदलाई मुख्यमन्त्रीले गरे निलम्बन

१५ जना सांसदलाई मुख्यमन्त्रीले गरे निलम्बन

मोरङ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका छन् ।

संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताए ।

निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापाले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

 


Thali Mobile Pvt.Ltd.