भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

१६ महिने बालकको घाँटी रेटी हत्या, ५ वर्षीया बालिका घाइते

१६ महिने बालकको घाँटी रेटी हत्या, ५ वर्षीया बालिका घाइते

स्याङ्जा । वालिङ्ग नगरपालिकामा १६ महिने बालकको घाँटी रेटेर हत्या भएको छ । वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

घाँटी रेटिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ पुर्‍याइएकोमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा चोट लागेको छ । उनको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पर्वत–५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । घटना कुन उदेश्यले र किन घटाइएको भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.