भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१ नं डाइभर्सन गेटबाट मेलम्चीको पानी काठमाडौंतर्फ छाडियो

१ नं डाइभर्सन गेटबाट मेलम्चीको पानी काठमाडौंतर्फ छाडियो

मेलम्ची । मेलम्ची नदीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडिएको छ । मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसंगै पानी काठमाडौं तर्फ छाडिएको हो ।

असारमा गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेपनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने छ ।

बाढी आउनुपूर्व गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.