भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

१ हजार ३५६ संक्रमित थपिएसंगै काेराेना संक्रमितकाे संख्या ६६ हजार नाघ्याे

१ हजार ३५६ संक्रमित थपिएसंगै काेराेना संक्रमितकाे संख्या ६६ हजार नाघ्याे

काठमाडौँ । उपत्यकामा ६४७ सहित देशभर कोरोनाका १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ । अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् ।

संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् । संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।

 


Thali Mobile Pvt.Ltd.