भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलले हरायाे

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलले हरायाे

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलले हराएको छ । बिहिबार राति घरेलु मैदानमा रियलले गेटाफेलाई हराएको हो ।

खेलको ७९ औं मिनेटमा रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले पेनाल्टीमा गोल गरे । यो जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभरले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोसले लगातार २१ औं पेनाल्टी गोल गर्न सफल रहे ।

च्याम्पियन्स लिग छनोटको दौडमा रहेको गेटाफेले राम्रो सुरुवात गरेको थियो । सुरुवाती १२ मिनेटभित्र गेटाफेका तीन प्रहारलाई रियलका गोलकिपर थिवाउट कोर्टुवाले बचाएका थिए ।

रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।

रियल मड्रिडले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ ।

 


Thali Mobile Pvt.Ltd.