भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

३८ दिनपछि नेपाली काँग्रेसको होस खुल्यो, प्रधानमन्त्रीको राजीनामा माग

३८ दिनपछि नेपाली काँग्रेसको होस खुल्यो, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । सत्ताका लागि केही समय मौन बसेको नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गनठन गर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि प्रधानमन्त्रीको राजीनामा माग्ने शुक्रबार निर्णय गरेको हो ।

काँग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार निमार्णको पहल गर्ने पहिलो पटक काँग्रेसले औपाचारी निर्णय गरेको हो । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने नेपाली काँग्रेसको निष्कर्ष छ ।

पार्टीले ठोस निर्णय नलिएकै कारण ओलीमा सर्वसत्तावाद र स्वेच्छाचारिता बढेको भन्दै सत्ता समीकरणका विषयमा निर्णय गर्न नेतृत्वलाई बाध्य पारिएको नेपाली काँग्रेका नेताहरुको भनाई छ । काँग्रेस पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि सर्वसम्मतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.