भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भारतमा कोरोनाको कहर, एकै दिन ८८ हजारमा संक्रमण

भारतमा कोरोनाको कहर, एकै दिन ८८ हजारमा संक्रमण

भारत । भारतमा कोरोनाको दास्रो लहर सुरु भएसंगै एकै दिन ८८ हजार कोरोना संक्रमित भएका छन् । संक्रमण तीव्र रुपमा बढेपछि मुम्बईलगायतका शहरमा लकडाउन गर्न लागेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा ८८ हजार ६६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको र कोरोनाबाट पछिल्लो २४ घन्टामा ६३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो ६ महीनायताकै सबैभन्दा बढी संख्या हो। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२ पुगेको छभने संक्रमितको संख्या एक करोड २३ लाख ९० हजार ७७५ पुगेको छ। मध्यप्रदेश, महराष्ट्रसँगै राजस्थान र छत्तीसगढको अवस्था पनि बिग्रिदै गएको छ। मध्येप्रदेशमा कोरोनाको दोस्रो लहर आएको छ।

मध्यप्रदेशमा २ हजार ७७७ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी कोरोना संक्रमण महाराष्ट्रमा देखिएको छ। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ४३ हजार १८३ संक्रमित थपिएका छन्।

 


Thali Mobile Pvt.Ltd.