भर्खरै : Sorry, your browser does not support inline SVG.

७७ मतदान केन्द्रमा मतदान स्थगित

७७ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारबीच विवाद हुँदा १६ जिल्लाका ४३ मतदान स्थलको ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । उम्मेदवारबीच अत्यन्तै सानातिना विवाद झाँगिँदै जाँदा केही ठाउँमा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ ।

मतदान स्थगित भएका स्थानमा आयोगले अन्यथा निर्देशन दिएको बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गर्ने थपलियाले बताए।

प्रदेश १ मा एक, मधेसमा २९, वाग्मतीमा ५, कर्णालीमा ६, सुदूरपश्चिमा ३३ मतदान केन्द्रमा स्थगित भएको आयोगले जनाएको छ । बाजुराको बूढीगंगा नगरपालिकाको १ देखि १० वडासम्म २० वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

आयोगका एक कर्मचारीले भने, ‘कुनै पनि केन्द्रमा मतदान हुन सम्भव भएको देखिएन ।’ अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण भए पनि एकै पटक निर्वाचन हुँदा केही स्थानमा सुरक्षा प्रबन्धमा समस्या आएको महसुस भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

आयोगले हिमपात भएको र पैदल ल्याउँदा समय लाग्ने स्थानको मतपत्र हेलिकोप्टरबाट ढुवानी गर्न लागेको छ । सरकार र अन्य प्रमुख राजनीति दलहरूले स्थानीय तह निर्वाचनको मतदान मूलतः शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.