भर्खरै : Sorry, your browser does not support inline SVG.

१ करोड १९ लाखले गरे मतदान, कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशत

१ करोड १९ लाखले गरे मतदान, कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशत

काठमाडौं । स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । प्रारम्भिक तथ्यांकअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये १ करोड १८ लाख ५६ हजारले मतदान गरेका हुन् ।

विवादका कारण दिउँसो हुन नसकेको मतदान मध्यरातिसम्म जारी रहेको र केही पालिकाको तथ्यांक अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा ७४.५२ प्रतिशतले मतदान गरेका थिए ।

कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशतले मतदान गरेका छन् भने वाग्मतीमा सबैभन्दा कम ६४.१६ ले मात्र मतदान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

धेरै मतादाता भएको काठमाडौंमा नै ६९.७८ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । धेरै जनसंख्या भएका जिल्लामा अपेक्षाअनुसार कम मतदान भएको थपलियाले बताए । २०४७ यता पहिलो पटक सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन भएको हो ।

 


Thali Mobile Pvt.Ltd.