भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा

७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।

सरकारले ती स्थानीय तहमा औद्योगिक क्षेत्रको सीमांकन समेत गरेको जनाएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटाको लिखु गाउँपालिका, म्याग्दीको रघुगंगा, पाल्पाको रिब्दीकोट, गुल्मीको रुरु क्षेत्र, जुम्लाको तातोपानी र दार्चुलाको अपिहिमाल गाउँपालिकामा सरकारले औद्योगिक ग्राम घोषणा गरेको राजपत्रमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.