भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अखिल क्रान्तिकारीका उपाध्यक्ष रावल कारबाहीमा

अखिल क्रान्तिकारीका उपाध्यक्ष रावल कारबाहीमा

काठमाडौं । रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएपछि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएर कारबाही गरेको हो ।

पार्टी र संगठन हित विपरीत काम गरेकाले रावललाई जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले बताइन् ।

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन् भने नेकपा एमालेकी भावना बुढाथोकी उम्मेदवार छिन् ।

रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर र नेकपा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् ।

 


Thali Mobile Pvt.Ltd.