भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ट्यांकरले ठक्कर दिँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

ट्यांकरले ठक्कर दिँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.