भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

अझै रोकिएन बालबालिका भारत जानेक्रम

अझै रोकिएन बालबालिका भारत जानेक्रम

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३११ बालबालिका भारत गए । सुदूरपश्चिमवासीको रोजगारीको प्रमुख गन्तव्य मानिएको भारतमा मजदूरीका लागि अहिले दैनिक एक हजार ५०० भन्दा बढी नेपाली त्यसतर्फ गइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिका अभिभावकसँग कामका खोजीमा भारत जाने गरेका छन् । कोरोना कहर जारी रहँदा पनि बालबालिका भारत जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ ।

प्रहरीचौकी डोकेबजारका प्रहरी नायब निरीक्षक खड्कजंग शाहीले कोरोनाको दोस्रो लहर कम हुँदै जाँदा पुरुष भन्दा महिला र बालबालिका भारत जाने क्रम वृद्धि भएको बताए ।“रोजगारीका लागि श्रीमान् र आफन्तसित बालबालिका भारत गइरहेका छन् ।” उहाँले भन्नुभयो,“भारतीय पक्षले सीमामा नागरिकता र आधारकार्ड हेरेर जान दिएको छ ।” पछिल्लो समय कोरोनाका कारण बालबालिकाको अध्ययनसमेत प्रभावित भएको छ । बालबालिका घर छाड्ने क्रम बढेको सरोकारावाल निकायको बुझाइ छ ।

“ दैनिक सय भन्दा बढी बालबालिका गौरीफन्टानाकाबाट भारत जादैँछन् ।” प्रहरी नायब निरीक्षक शाहीले भन्नुभयो,“यसमा अभिभावक सित आश्रितदेखि मजदूरीका लागि जाने पनि छन् ।” विपन्न समुदायका बालबालिका अध्ययन छाडेरसमेत जीविका चलाउन भारत जाने गरेका छन् । माइती नेपाल जिल्ला संयोजक महेश्वरी भट्टले बुबाआमा भारत रोजगारीमा रहेका बालबालिका भेटघाटका लागि गइरहेको बताए । “पहाडी जिल्लाबाट रोजगारीका लागि पनि भारत गइरहेका छन् ।”

उहाँले भन्नुभयो,“ कोरोनाले दैनिकिमै समस्या भएपछि समस्या विकराल बन्दै गएको छ ।” उहाँले कोरोना कहरमा यहाँका लुकिछिपी अवैध नाकाबाट महिला भारत गइरहेको बताउनुभयो । “हामीले बितेको एक सातामा २९ जना महिला तथा बालबालिकालाई उद्धार गरी परिवारसित पुर्नमिलन गरायौं ।” उहाँले भन्नुभयो,“खुला सिमा नाका भएका कारण लुकिछिपी जाने क्रम बढ्यो ।” उहाँले मोटरसाइकल प्रयोग गरेर दोधारा चादँनी क्षेत्रबाट पनि भारत गइरहेको भेटिएको बताए ।

यहाँको गड्डाचौकी नाकाबाट भारत जान भारतीय पक्षले कोरोना परीक्षण रिपोर्ट अनिवार्यसमेत गरेको छ ।“गड्डाचौकी नाकामा नेपाल–भारत सुरक्षाकर्मीको कडा निगरानी भएपछि अन्यत्र नाकाबाट महिला बालबालिका जान थाले ।” संयोजक भट्टले भन्नुभयो,“विपन्न वर्गमा कोरोनाले झन् आर्थिक समस्या थपिदिँदा गाह्रो भएको छ ।”

सीमामा कोरोना परीक्षण रिपोर्ट माग्न थालेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित माहाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यहाँस्थित इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले दैनिकजसो भारत जाने नेपालीलाई भारतमा कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरिएको बताउनुभयो ।“हामीकहाँ भारतीयलाई अहिले आवागमन खुलाइएको छैन् ।”

उहाँले भन्नुभयो,“भारतीय पनि सीमामा आएर कोरोना रिपोर्ट देखाएर आवागमनका लागि अनुमति माग्छन् तर हाम्रो माथिल्लो निकायबाट आदेश छैन् ।” त्यसैगरी माहाकाली प्रादेशिक अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा तीन जना सङ्क्रमितको उपचार भइरहेको बताए । “भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि यहाँ परीक्षण गराउनेक्रम बढेको छ ।” उहाँले भन्नुभयो,“यहाँ दैनिक डेढ सय जना कोरोना परीक्षणका लागि अस्पताल आइरहेका छन् ।”

Mohotsav


Thali Mobile Pvt.Ltd.