भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अझै सकिएन मनोनयन प्रक्रिया

अझै सकिएन मनोनयन प्रक्रिया

पोखरा । यहाँ अझै मनोनयन प्रक्रिया सकिएको छैन । आयोगले व्यवस्थापन गर्न नसक्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा परेका छन् ।

रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेको कर्मचारीले बताएका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

व्यक्तिगत ल्यापटपबाट काम गरिरहेको कर्मचारीले बताए । जेनरेटर नहुँदा केही समय कामै रोकिएको उनीहरुको भनाइ छ । आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराईले सुनाए ।

पोखराको मेयरका लागि २५ र उपमेयरका लागि ९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।

तथ्यांक बाँकी भएकाले बढ्न सक्ने छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.