भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

अत्यधिक गर्मीले तराइमा लु चल्ने

अत्यधिक गर्मीले तराइमा लु चल्ने

काठमाडौं । देशको अधिकांश भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । आज तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव रहे पनि सक्रिय नहुँदा गर्मी बढेको हो ।

हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । दिउँसो पहाडी भू भागमा सामान्य बदलीको सम्भावना छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ ।

राती भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.