काठमाडौं । अधिकृत तहका लागि सशस्त्र प्रहरी बलले भर्ना खुल्ला गरेको छ ।
७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना खुलाएको हो ।
७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
इच्छुक व्यक्तिले कात्तिक ६ गतेसम्म आवदेन दिनसक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।
सोही अवधिभित्र तोकिएको कार्यालयमा आवेदन दिन सकिने छ ।
निरीक्षकमा फाराम भरेकाहरुले मंसिर १५ गते प्रधान कार्यालय हलचोकमा सम्पर्क गर्नु पर्नेछ भने सहायक निरीक्षकमा फाराम भरेकाहरुले सोही दिन फाराम भरेकै ठाउँमा सम्पर्क गर्नु पर्नेछ ।

