भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

अधिवेशनस्थलमा तोडफोड, अवरोधपछि विधान अधिवेशन स्थगित

अधिवेशनस्थलमा तोडफोड, अवरोधपछि विधान अधिवेशन स्थगित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्यांक्वेटमा आइतबार सोसाइटको अधिवेशन सुरु गरिएको थियो ।

असन्तुष्ट पक्षको अवरोधपछि अधिवेशनस्थलमा तोडफोड गरेपछि अधिवेशन स्थगित भएको हो । केन्द्रीय सदस्य मोहन पोखरेल, सुबोध सिंह, उमेश थापा, श्याम लुइँटेलको नेतृत्वमा आएका असन्तुष्ट पक्षले अधिवेशनको ब्यानर तथा कुर्सी तोडफोड गरेको सोसाइटीका उपकोषाध्यक्ष होम पाठकले बताए ।

हलमा हातपातकै स्थिति हुन थालेपछि अधिवेशन स्थगित गरिएको पाठकको भनाइ छ । सोसाइटीको केन्द्रीय कार्य समितिले विधानविपरीत मातहतका १६ जिल्ला कार्य समिति शाखा विघटन गरेपछि विरोधमा उत्रिनुपरेको असन्तुष्ट पक्षका मनोज थापाले बताए ।

केन्द्रीय कार्य समितिले कार्यावधि पुगेको भन्दै शनिबार मातहतका १६ जिल्ला कार्य समिति विघटन गरी तदर्थ समिति गठन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.