भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अस्पताल अगाडि कार बिस्फोट हुँदा एकजनाको मृत्यु

अस्पताल अगाडि कार बिस्फोट हुँदा एकजनाको मृत्यु

काठमाडौं । बेलायतको लिभरपुल अस्पताल बाहिर कार बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ ।

महिला अस्पताल बाहिर बिस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा संलग्न भएको अभियोगमा तीनजना पक्राउ परेका छन् । उनीहरुमाथि आतंकवादी कानुन अन्तर्गत छानबिन भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यात्रु लिएर आएको ट्याक्सी रोकिएको र लगत्तै बिस्फोट भएको प्रहरीको भनाइ छ । ट्याक्सीका यात्रुको घटनास्थमै ज्यान गएको र उनको पहिचान खुल्न सकेको छैन ।

बिस्फोटमा संलग्न भएको अभियोगमा प्रहरीले २९, २६ र २१ वर्षका व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.