भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

अन्न पिस्न प्रयोग हुँदै आएका पानीघट्ट देखिन छाडे

अन्न पिस्न प्रयोग हुँदै आएका पानीघट्ट देखिन छाडे

ओखलढुंगा । ओखलढुंगामा अन्न पिस्न प्रयोग हुँदै आएका पानीघट्ट देखिन छाडेका छन् । विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि पानीघट्ट देखिन छाडेका हुन । जिल्लाको पात्ले, खिजीकाति, खिजीचण्डेश्वरी रावादोलु, भुसिंगा, रगनीलगायत ठाउँका खोलाहरुमा ग्रामीण पहिचान बोकेका दर्जनौँ पानी घट्टहरु सञ्चालनमा थिए ।

ग्रामीण भेगका खोला किनारामा सञ्चालनमा रहेका यस्ता पानीघट्ट हराउँदै जान थालेका हुन् । विद्युतको पहुँच बढेसँगै विद्युतीय मिलहरु सञ्चालनमा आउन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीयको भनाई छ । ओखलढुंगाका सरकारी कार्यालय तथा संघ संस्थाले समेत अनुदानमा विद्युतीय मिल उपलब्ध गराइरहेका छन् । प्रयोग गर्न सहज हुने भएकाले अहिले यहाँका स्थानीय विद्युतीय मिलतर्फ आकर्षित भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.