भर्खरै : Sorry, your browser does not support inline SVG.

अपराधिक क्रियाकलाप एवं दुर्घटना नियन्त्रण गर्न पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सिसीटिभी जडान

अपराधिक क्रियाकलाप एवं दुर्घटना नियन्त्रण गर्न पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सिसीटिभी जडान

कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ ।

सडक दुर्घटना बढेपछि मन्त्रालयले एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरेको हो । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम न्यूनीकरणमा सघाउ पु¥याउने विश्वास लिएको मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १ सय ३८ सिसीटिभी क्यामेरा जडान गरिएको जोशीले बताए । जडान गरिएका सिसीटिभी क्यामेरामा पिटिजेड ९घुम्ने० सात वटा र अन्य १ सय २० क्यामेरा जडान गरिएका छन् ।

मन्त्रालयले सिसीटिभी क्यामेराको प्रयोगलाई प्रभावकारी बनाउनका लागि मनिटरिङ गर्ने व्यवस्थासमेत गरेको छ । सिसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ अनुसार यसको सञ्चालन र व्यवस्थापनको कार्य हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.