भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धालाई राज्यले सम्बाेधन गर्नु पर्छः महासंघ

अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धालाई राज्यले सम्बाेधन गर्नु पर्छः महासंघ

काठमाडाैं । नेपाल पत्रकार महासंघले अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धा उठाएर समस्या समाधानका निम्ति पहल गर्नु पर्ने पीडित पत्रकारले माग गरेका छन् ।

आज राजधानीमा आयोजित छलफल कार्यक्रममा यस्तो माग गरेका हुन । अपाङ्गता तथा द्वन्द्व पीडित पत्रकारका मुद्धा मुलधारमा ल्याउन महासंघले भूमिका खेल्न पर्ने उनीहरुले जिकिर गरेका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा भेला भएका पीडित पत्रकारले सामुहिक आवाज उठाउदै राज्यको ध्यानाकर्षण गर्नु पर्ने र गणतन्त्र, धर्मनिरपेक्षता, संघियतालगायत व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका

निर्वाह गर्दै आएका पत्रकारलाई राहतसहित सम्मान गर्नु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नपाइने, द्वन्द्व तथा जनआन्दोलनमा घाइते भएका पत्रकालाई सम्मान गर्नु पर्ने छलफल कार्यक्रममा उनिहरुले माग गरे ।

पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिनु पर्ने भन्दै सरकारी संचार माध्यममा काम गर्न पाउनु पर्ने बताएका छन् । नीति निर्माण, बनेका एन, कानुनको र कार्यविधिको सही कार्यान्वयन गरिनुपर्ने भन्दै

नेपाल पत्रकार महासंघको उनीहरुले ध्यानाकर्षण गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारीतामा अपाङ्गताका तर्फबाट सवैलाई समेट्‌ने भएकाले यी मुद्धालाई महासंघले गम्भिरतापूर्वक लिएको बताए ।

नीति निर्माण गर्ने तहलाई घचघच्याउन र कार्यान्वयन गराउन महासघ निरन्तर लागिपर्ने वचनवद्धता प्रकट गरे । नेपाल पत्रकार महासंघ अपाङ्गता तथा द्वन्द्वपीडित समिति संयोजक नविन रिजालले समग्र पत्रकारीता क्षेत्रमा रहेका पीडित पत्रकारलाई राज्यले सम्मान सहितको प्याकेज

ल्याएर व्यवसायिक बनाउन पहल गरिने बताए । सम्पूर्ण द्वन्द्वका परेका पत्रकारको अभिलेख राखेर भत्ता संगसंग सरकारी मिडियामा अवसरका निम्ति लड्न पहल गरिने बताए ।

कार्यक्रममा पत्रकार वरिष्ठ पत्रकार, महासंघका पूर्व सदस्यहरु, विभिन्न संचारक्षेत्रमा क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

हेर्नुहोस भिडियो….

 


Thali Mobile Pvt.Ltd.