भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रिन्स र राजपुरा उत्कृष्ट

सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रिन्स र राजपुरा उत्कृष्ट

सुदूरपश्चिम । ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा दुवै जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो । अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुवै जनालाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दाहाल यसै वर्ष ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ शीर्ष स्थानमा पुग्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा राजपुरासँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि परेका थिए ।

यस्तै वर्ष प्रशिक्षकको अवार्ड भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जिते । उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन ९पुरुषतर्फ० फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन ९महिलातर्फ०को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जिते । यस्तै क्रिकेट प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड समर्पित गरिएको छ । खड्काले डेढ दशक क्रिकेट प्रशिक्षण गरेर खेलाडी उत्पादन गरेका थिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड लालबहादुर खड्कालाई प्रदान गरिएको छ । उनकै प्रशिक्षणमा सुदूरपश्चिमले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारबाट पुरस्कृत गरिएको थियो । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफीबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.