काठमाडौं । महानगरपालिकाबाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने सबै यात्रुबाहक सवारी साधन अब नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको हो ।
‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरेको छ ।
महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दरीका सवारी साधनको हकमा कलंकी देखी जडिबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’ सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कडा कारबाही गर्ने महानगरले तयारी थालेको छ ।
सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरासमेत जानकारीका लागि महानगरले अनुरोध छ ।’
