भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

अब सम्झौता र भुक्तानी वडाबाटै

अब सम्झौता र भुक्तानी वडाबाटै

इलाम । फाकफोकथुम गाउँपालिकाले वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता र भुक्तानी थालेको छ । गाउँपालिकाले आवश्यक कर्मचारी वडा–वडामा गएर योजना सम्झौता गरिरहेको हो ।

अहिले सम्झौता भएका योजना सम्पन्न भएपश्चात वडाबाटै भुक्तानी गर्नेसम्मको तयारी गरिरहेको छ । योजना सम्झौता गर्न वडा कार्यालयमा जाँदा पहिले नै वडा कार्यालयमार्फत् वडाबासीलाई जानकारी दिएर काम अघि बढाउने गरेको पालिकाले जनाएको छ ।

जिल्लामा पहिलोपटक फाकफोकथुम गाउँपालिकाबाट सुरु भएको हो । गाउँपालिकामा सञ्चालन हुने योजना सम्झौता प्रत्येक वडा कार्यालयबाटै गर्ने योजनासहित काम थालिएको हो ।

सात वटा वडा रहेको पालिकाका दुई वटा वडामा सम्झौताका काम सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले बताए ।

वडामा छुट्याइएको बजेट ५० हजारदेखि १ लाखसम्मका मात्रै हुने र योजना सम्झौता गर्न जाँदा चार पाँच पटकसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले वडाबाटै काम थालेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

 


Thali Mobile Pvt.Ltd.