भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

राष्ट्रपतिका आकांक्षीहरु

राष्ट्रपतिका आकांक्षीहरु

काठमाडौं । निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सरकार निर्माण र पदिय बाँडफाँडको रणनीतिमा दलहरु लागिपरेका छन् ।

एक दललाई बहुमत प्राप्त हुन नसकेसँगै दुईभन्दा बढी दल मिलेर मात्रै सरकार निर्माण गर्ने अवस्था भएकोले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदहरुमा पार्टीले दावी गरिरहेका छन् ।

कतिपयले गैर दलीय क्षेत्रबाट राष्ट्रपति बनाउँदा पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठ र शुशीला कार्कीमध्येबाट कुनै एकलाई राष्ट्रपति बनाउनुपर्ने लविङ समेत गरिरहेका छन् ।

तर संविधानले यी तीनै जनालाई राष्ट्रपति बन्न निषेध गरेको छ । निर्वाचनबाट सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसबाट राष्ट्रपतिका लागी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री कृष्ण सिटौला, गोपालमान श्रेष्ठ प्रमुख दावेदारका रुपमा रहेका छन् ।

एमाले मौन रहेकाले दावी देखिएको छैन । नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति नन्दबहादुर पून, पूर्वसभामुख अग्नि सापकोटा, उपाध्यक्ष कृष्ण बहादुर महरा र जयपुरी घर्तिको दावी रहेको स्रोतको दावी छ ।

प्रत्यक्षमा १० सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको एकिकृत समाजवादी झलनाथ खनाल र माधव नेपाल पनि दावेदार रहेको स्रोतले बताएको छ ।

तर कुनै एक दलले चाहेअनुसार राष्ट्रपति, उपराष्ट्रपति र सभामुख तथा प्रधानमन्त्री बन्ने अवस्था भने छैन ।

 


Thali Mobile Pvt.Ltd.