भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिका र चीनको सम्बन्ध सुधारउन्मुख

अमेरिका र चीनको सम्बन्ध सुधारउन्मुख

काठमाडाैं । अमेरिकाले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको हो। विदेशमन्त्री ब्लिंकेनले सबैखाले समस्याहरुलाई संवाद मार्फत समाधान गर्नका लागि चीनसँग प्रस्ताव गर्नुभएको र चीन पनि त्यसका लागि तयार भएको दाबी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीन भ्रमणमा रहेका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्च तहमा संवादका च्यानलहरु खुला राखेर सम्बन्ध अघि बढाउने सहमति भएको बताइएको हो । ब्लिंकेन विगत पाँच वर्षमा चीन पुग्ने पहिलो उच्च तहका अधिकारी हुनुहुन्छ । चिनियाँ विदेश मन्त्री छिनले अमेरिकासँग स्थिर, अनुमान गर्न सकिने र रचनात्मक सम्बन्ध चाहेको बताउनु भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्रीले चीन–अमेरिका सम्बन्धमा ताइवान नै मुख्य बिवादको विषय रहेको भन्दै ताइवानको विषय चीनका लागि निकै संवेदनशील हो भन्ने पनि प्रष्ट पार्नुभएको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.