काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन् । तीनदिने नेपाल भ्रमणका लागि उनी आज नेपाल आउँन लागेका हुन ।
लुको नेपाल भ्रमणका क्रममा अघि बढ्न नसकेको एमसीसी सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ । एमसीसी सम्झौता पेचिलो बन्दै गएपछि हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
सन् २०१७ मा हस्ताक्षर भएको उक्त सम्झौता नेपालको संसद्बाट अनुमोदन हुन नसक्दा अघि बढेको छैन । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण र एमसीसी मुख्यालयले पटक–पटक जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर भएको सुमारको भ्रमण फलदायी नभएपछि लु नेपाल आउन लागेका हुन ।
अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विभिन्न राजनैतिक दलका प्रमुखसंग पनि भेट्ने कार्यक्रम छ ।
