भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी विदेशमन्त्री नेपाल आउँदै

अमेरिकी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन् । तीनदिने नेपाल भ्रमणका लागि उनी आज नेपाल आउँन लागेका हुन ।

लुको नेपाल भ्रमणका क्रममा अघि बढ्न नसकेको एमसीसी सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ । एमसीसी सम्झौता पेचिलो बन्दै गएपछि हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

सन् २०१७ मा हस्ताक्षर भएको उक्त सम्झौता नेपालको संसद्बाट अनुमोदन हुन नसक्दा अघि बढेको छैन । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण र एमसीसी मुख्यालयले पटक–पटक जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर भएको सुमारको भ्रमण फलदायी नभएपछि लु नेपाल आउन लागेका हुन ।

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विभिन्न राजनैतिक दलका प्रमुखसंग पनि भेट्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.