भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भीम रावलले फेरी समानान्तर प्रतिनिधि चयन गर्दै

भीम रावलले फेरी समानान्तर प्रतिनिधि चयन गर्दै

कैलाली । नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले बताए ।

विहान १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भेला बोलाएको बजगाईँले बताए।

मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न भेला आयोजना गरिएको उनको भनाइ छ ।

लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला बोलाएको हो। संस्थापन पक्षले शनिबार महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ भने त्यसको भ्रममा नपर्न महाधिवेशन प्रतिनिधि छनोट गरिने बजगाँईले बताए ।

 


Thali Mobile Pvt.Ltd.