भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

भीम रावलले फेरी समानान्तर प्रतिनिधि चयन गर्दै

भीम रावलले फेरी समानान्तर प्रतिनिधि चयन गर्दै

कैलाली । नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले बताए ।

विहान १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भेला बोलाएको बजगाईँले बताए।

मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न भेला आयोजना गरिएको उनको भनाइ छ ।

लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला बोलाएको हो। संस्थापन पक्षले शनिबार महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ भने त्यसको भ्रममा नपर्न महाधिवेशन प्रतिनिधि छनोट गरिने बजगाँईले बताए ।

 


Thali Mobile Pvt.Ltd.