भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध

अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरोध गरेका छन् । शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो ।

राष्ट्रिय सभाको बैठक सुचारु भएसंगै अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्री जर्नादन शर्मालाई समय दिनेबित्तिकै नेकपा एमाले सांसदहरू उठेर विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले आफ्ना कुराहरु राख्न समय दिए । तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको समाचारहरु आएको बताएका थिए । सबैकुरा घाम जतिकै छर्लङ्ग भइसकेपछि पनि गरिमाय पदमा बसीरहन नमिल्ने बताउँदै नैतिकता छ भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए ।

त्यसैगरी सांसद भट्टराईले प्रतिनिधिसभाको बैठकमा सो विषयमा नेकपा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरेको र सो कुरालाई संसदले नजरअन्दाज गरेकाले राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

विरोधका बीच राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.