भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सांसद प्रेम सुवालले भने, ‘प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ ? जवाफ चाहियो ।’

सांसद प्रेम सुवालले भने, ‘प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ ? जवाफ चाहियो ।’

प्रधानमन्त्री संसद् छलेर एनआरएनएको कार्यक्रममा सहभागि
काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा सहभागी भएका छन्।संसद् छलेर देउवा अन्तै कार्यक्रममा सहभागी भएपछि सांसदहरुले चर्को प्रश्न उठाएका हुन् । संसदमा प्रधानमन्त्री नदेखेपछि सांसदहरुले अनुपस्थितको कारण समेत सोधेका थिए ।

संसदमा बिहीबार विनियोजन विधेयक, २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्री एवं प्रधानमन्त्रीले जबाफ दिने कार्यसूचि थियो । तर, प्रधानमन्त्री संसदमा सहभागी नभएर उनको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जबाफ दिएका थिए ।

नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले संसदमा प्रधानमन्त्री अनुपस्थितबारे सभामुखको जवाफ माग गरेका हुन । सांसद प्रेम सुवालले प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ’ कि कुनै अस्पतालमा भर्ना हुनु भएको हो ? भन्दै प्रश्न गरे । उनले भने, ‘यो गरिमामय संसदमा प्रधानमन्त्रीज्यू किन उपस्थित हुन सक्नु भएन ।

बिना जानकारी प्रधानमन्त्री अनुपस्थित हुन पाइदैन, प्रधानमन्त्रीनै जवाफदेही बन्नुपर्छ, विदेशमा गएको भए कार्यवहाक यहाँ आउनुपर्छ, अस्पतालमा भए त्यो जानकारी चाहियो ।’ यता एमाले सांसद भीम रावलले प्रधानमन्त्री नआउनुको कारण खोजे । रावलले प्रधानमन्त्री बिरामी हुनुभएको हो भने कुन अस्पतालमा जानुभएको हो ? भन्दै प्रश्न गरे । भिडियो सहित…….

 


Thali Mobile Pvt.Ltd.