काठमाडौं । अघिल्लो हप्ता देखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । किसानको धानबाली देखि जनधनमा क्षति पुगेको छ ।
दसैँको अघिल्लो दिनदेखि देशभर परेको पानीका कारण ठूलो क्षेती भएको हाे । लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसानहरु चिन्तित भएका छन् ।
यसैबीच दैलेखको आठबीस नगरपालिका वडा ९, वडा नं ७ लगायतका भूभागमा पहिरोजाँदा वस्ती नै सार्नु पर्ने अवस्था आइरहेको स्थानीयले बताएका छन् ।
वस्तीनै सार्नुपर्ने अवस्था आएपछि नगरसरकार पनि चिन्तित बनेको छ । नगरसरकारले सक्ने जती प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए । यसैबीच नगरका रामगाड क्षेत्र, पीपलकाेट क्षेत्र, छेपाडी लगायतका ठाउँमा अविरल वर्षाले क्षेती पु¥याएकाे मेयर तर्क बहादुर बडुवालले बताए ।
प्रमुख जिल्ला अधिकारीकाे टाेली अहिले त्यस क्षेत्रमा जाँदैगरेकाे बताइएकाे छ । पहिराेले मानवीय क्षेती नगरेपनि बालीनाली, घर, वस्तीहरूमा ठूलाे क्षेती भएकाे उपमेयर कल्पना थापाले बताइन् । अहिले कर्णाली राजमार्ग खुलाउने प्रयास भइरहेकाे उनकाे भनाइ छ।
हेर्नुहोस भिडियो…
घरका भित्ता चर्किएका छन् भने कतिपय ठाउँमा घर नै भत्किएकाे बताइएकाे छ । केही दिन देखि संचार सेवासमेत अवरूद्व भएकाले टेलिफाेन सम्पर्क हुन सकेकाे थिएन ।
यस्तै उता कालिकोटको तिलागुफा नगरपालिका ४ राचुल्लीमा पहिरोमा परी ठुलो मानवीय क्षति भएको छ ।पहिरोमापरी १३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पर बहादुर शाही (वडा अध्यक्ष), छत्रजंग शाही (विद्यालय व्यवस्थापन समिति अध्यक्ष), खगेन्द्र शाही (शिखर इन्स्योरेन्स कालिकोट), धन बहादुर शाही, काली बहादुर शाही, भेस बहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, मान बहादुर शाही, मोतिलाल शाही, नरेश शाही, प्रसान्त शाही रहेका छन् ।
यस्तै यता सिन्धुपालचोकमा पनि क्षेती पुगेको छ । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले धान काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका छन् । लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पु¥याएको छ ।
यस्तै अविरल वर्षाले जुम्लामा पनि धानबालीमा क्षेति पुग्याएको छ । खेतमा धान ढलेका छन् । पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन् । गुठीचौर ५ का मीनबहादुर महतले भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको बताए । सिंजा, पानसय, चौधविस र असी दराका खेतहरुमा धान ढलेका हुन् ।
साथै हिउँदमा पशुपालनका लागि काटिएको घाँस समेत मेलामै कुहिएको छ । मौसम विद्हरुले निरन्तर वर्षा हुने बताएपछि छिटो घाँस काटेर भित्र्याउने तयारी थालेका किसान मेलामै घाँस कुहिने अवस्था आएपछि दुःखित छन् । सिंजा ५ की बेसम बुढाले घाँस मेलामै भिजेको बताइन् । यो सिजन जुम्लावासीले हिउँदेबाली भित्र्याउने समय हो ।
